नियम १०
जिल्ला समितिको काम, कर्तव्य र अधिकार

१०. जिल्ला समितिको काम, कर्तव्य र अधिकारः

जिल्ला समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) कोषमा रकम जम्मा गर्न सहयोग पर्‍याउने,
(ख) जिल्लास्थित कार्यालयहरूबाट कोषको लागि जम्मा भएको रकम केन्द्रीय समितिले तोकिदिएको खातामा जम्मा हुने व्यवस्था मिलाउने,
(ग) जिल्लास्थित कार्यालयहरूबाट जम्मा भएको रकमको मासिक विवरण तयार गरी केन्द्रीय समितिमा पठाउने,
(घ) जिल्लामा योगदान गर्न सकिने सहयोगका क्षेत्र पहिचान गरी सहयोग कार्यक्रम तर्जुमा गरी केन्द्रीयसमितिमा पठाउने,
(ङ) आर्थिक वर्ष समाप्त भएको पैतीस दिनभित्र वार्षिक प्रगति विवरण केन्द्रीय  समितिमा पठाउने,
(च) केन्द्रीय समितिले तोकेको अन्य काम गर्ने ।